असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा सवै राज्यलाई अगस्तभर थप २ करोड डोज खोप उपलब्घ गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने बुधवार जानकारी दिनुभएको छ ।

केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्य मन्त्री माण्डभिया ट्वीटरमार्फत बताउनु भएको छ । यस महिनामा प्रत्येक राज्यलाई दुई करोडभन्दा बढी कोरोनाभाइरस विरुद्धको खोप र अतिरिक्त खुराक उपलब्ध गराउने योजना भएको उहाँले थप जानकारी दिनु भएको छ ।

त्यसैगरी भारतमा अगस्ट २४ सम्म कुल ५९ करोड ५५ लाख चार हजार ५९३ डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ । पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

यसैसँगै भारतमा कुल सङ्क्रमितको संख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९७.६७ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन् । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार