असार २४, २०८२ मंगलबार July 8, 2025

काबुल विमानस्थल बाहिर दुईवटा आत्मघाती बम विष्फोट, १३ अमेरिकी सहित ९० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २८ जना तालिवान सदस्य भएको बताइएको छ । घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएको समाचार छ ।

आक्रमण इस्लामिक स्टेटसँग सम्वद्ध समूहले गराएको बताइएको छ । जिहादिस्टहरुको आक्रमणका बाबजुद पनि अमेरिकी उद्दार कार्य नरोकिने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनु भएको छ ।

जस्तोसुकै कठिन परिस्थिति भएपनि मिसन पूरा पर्ने अवस्था रहेको राष्ट्रपति बाइडनको भनाई छ । गत १५ अगस्टमा तालिवानहरुले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अमेरिकाले थालेको उद्दार मिसन मार्फत् हालसम्म १ लाख भन्दा बढी मानिसको उद्दार गरिसकिएको छ ।

तालिवानहरुको त्रासले कयौं अफगानीहरु विमानस्थलमा ओइरिएका छन् । आगामी ३१ अगस्टसम्म अमेरिकाले उद्दार मिसन जारी राख्ने जनाएको छ । बेलायती र अमेरिकी उद्दार मिसनलाई लक्षित गरी दुई वटा बम विष्फोट गराइएको हो । विष्फोटमा बेलायती अधिकारीहरु हताहती भएको पाइएको छैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार