असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ : तालिवान प्रवक्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे ।

अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिवान समूहको विजय अफगान सबैको विजय भएको’ बताएका अल जजिराले उल्लेख गरेको छ ।

“अफगानिस्तानको इस्लामिक इमिरेट्स स्वतन्त्र र सार्वभौम राष्ट्र हो भन्नेमा हामीलाई कुनै शंका छैन,” उनले भने । अमेरिकीहरूले “सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दावी गर्दै आगामी दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कूटनीतिक सम्बन्ध राख्ने’ बताएका थिए ।

अफगानीहरूले आफ्नो स्वतन्त्रता, स्वतन्त्रता र इस्लामी मूल्यमान्यताको रक्षा गर्ने उनले बताए । अफगानिस्तानबाट अमेरिकी सैन्य गठबन्धनको बहिर्गमन मङ्गलबार अमेरिकी समय अनुसार दिउँसो ३ः२९ बजे हामिद कार्जाई विमानस्थलबाट अन्तिम सी–१७ उडेसँगै सम्पन्न भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार