असार २४, २०८२ मंगलबार July 8, 2025

लुइजियानामा आँधीको खतरा कायमै, एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको लुइजियानामा सोमबार शक्तिशालीमध्येको एक समुद्री आँधी आएको बताइएको छ । सो आँधीमा परी अहिलेसम्म एकजनाको ज्यान गएको छ ।

सो आँधीले गर्दा उक्त क्षेत्रको तटीय क्षेत्र डुबाएको बताइएको छ । त्यसैगरी यहाँका भौतिक तथा अन्य आधारभूत संरचना नै केही डुबाएको र केहीमा नराम्ररी क्षति पर्‍याएको बताइएको छ ।

यो आँधीको चपेटामा परेर करिब सात लाख मानिस विद्युत सेवाबाट पनि बञ्चित हुन पुगेका बताइएको छ । अमेरिकाका मौसमविद्ले यसलाई यहाँको अहिलेसम्मका शक्तिशालीमध्येकै एक आँधी भनेका छन् ।

यो आँधी निरन्तररूपमा नै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा रहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने मौसमविद्ले जनाएका छन् ।

यहाँको तटीय क्षेत्रबाट दशौँ हजार व्यक्तिको उद्धार गरिएको अधिकारीले जनाएका छन् । साथै उद्धार गर्न नसकेर सोही क्षेत्रमा सुरक्षित साथ बसेका भनिएका नागरिकलाई भने अरु केही दिन त्यहीँ बस्न भनिएको र अहिले नै मद्दत गर्न नसकिने अवस्था रहेको बताइएको छ ।

यो आँधीले न्यूअर्लियन्स नजिकैको एउटा अस्पतालको छाना नै उडाइदिएको बताइएको छ । तर त्यसमा परेर कोही पनि बिरामी घाइते भने नभएका बताइएको छ ।

यहाँका हजारौँ मानिस सुरक्षित स्थानतर्फ भागेका छन् । यहाँ बाँकी रहेका अन्य व्यक्तिलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार