असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानका लागि सहयोग गर्न पाकिस्तानको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानले आग्रह गरेको छ ।

पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले सो कुरा बताउनुभएको हो । उहाँले खासगरी अफगान नागरिकले आफ्नो देशमा बसेर न्युननत आवश्यकता पाउन सक्ने वातावरण बताउनुपर्ने बताउनुभएको हो ।

उहाँले यस अवस्थाका लागि आवश्यक सहयोग गर्नुपर्ने भन्दै यसका लागि विश्व समुदायसमक्ष उहाँले जोड दिनुभएको हो । विदेशमन्त्री कुरेसीले उहाँका जर्मन समकक्षी केइको मासले पाकिस्तानले विगत लामो समयदेखि अफगान शरणार्थीलाई आश्रय दिइरहेको बताउनुभयो ।

हाल पाकिस्तान भ्रमणमा रहनुभएका जर्मन विदेशमन्त्री माससँगै पाकिस्तानको राजधानी इस्लामावादमा आज आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, हामीले दशकौँ पहिलादेखि नै अफगानिस्तानका दशौँ लाख शरणार्थीलाई शरण दिइरहेका छौँ र यसका लागि हामीले कसैबाट आवश्यक मात्रामा आर्थिक सहयोग पनि प्राप्त गर्न सकिरहेका छैनौँ ।

यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र इतिहासमा नै यो देश अहिले नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

उहाँले अफगानिस्तानमा यस्तो अवस्था आएको छ कि त्यहाँका नागरिक अहिले मानवीय सहायताको पर्खाइमा छन् र उनीहरुलाई आवश्यक मात्रामा सहयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।रासस- सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार