कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

गोविन्द राईको म्युजिक भिडियो ‘परम्पा परम्पा’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो ‘परम्पा परम्पा’ सार्वजनिक गरिएको छ । आधिकारिक युट्युब च्यानल ‘गोविन्द राई इन्टरटेन्मेन्ट ‘ मार्फत म्युजिक भिडियो रिलिज गरिएको हो ।

भिडियोमा शुभ आचार्य, मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन् । भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन् भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन् ।

‘परम्पा परम्पा’मा चन्द्र सिर्मलको आवाज, शब्द र सङ्गीत गीतमा समावेश छ भने सङ्गीत संयोजन प्रसन्न परियार ‘मिन्ट स्टुडियो’ , रेकर्ड श्याम बाघोस्, मिक्सिङ मास्टरिङ् प्रदीप जोशी ले गरेका छन् ।

यस्तै मेकअप अशोक रोक्का र कोरीयोग्राफी कृश लिम्बुले गरेका हुन् । गीतको मिक्स मास्टर र रेकर्ड डोरेमी स्टुडियोमा गरिएको हो ।नेपाली फिल्म क्षेत्रमा नृत्य निर्देशनमा चर्चित नाम हो ‘गोविन्द राई’ l

३०० भन्दा बढी फिल्ममा नृत्य तथा निर्देशन गरी सकेका राईले हजारौँ  बढी म्युजिक भिडियोमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन् l राई अभिनयमा पनि उतिकै अब्बल छन् l

ती मध्य उनले गरेका कयौँ कामहरूले थुप्रै सम्मान पाउनुका साथै गोविन्दले फिल्ममा गरेका अभिनयले पनि दर्शकको मनलाई उत्ति नै जितेको छ l पछिल्लो समय नृत्य निर्देशक गोविन्द राईको व्यस्तता बढ्दो छ l -नयूज अभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्छ : बाबुराम भट्टराई
२०८३ कार्तिक १०, मंगलबार
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
२०८३ कार्तिक १०, मंगलबार
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
२०८३ कार्तिक १०, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
२०८३ कार्तिक १०, मंगलबार
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार