असार २४, २०८२ मंगलबार July 8, 2025

चीनको सीमा नजिकै २० भन्दा बढी म्यानमार सेनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका कारण देशभर नै झडप र मृत्युका घटनामा वृद्धि भएको छ ।

म्यानमारको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेशनल डेमोक्रेटिक गठबन्धन (एनडीए) ले गत बर्षको नोभेम्बरमा सम्पन्न निर्वाचनमा ल्याएको मत परिणामलाई यहाँको सैनिक नेतृत्वले अस्वीकार गरेपछि देशभर एनडीए समर्थक नागरिक र सरकारी सुरक्षाकर्मीहरूबीच झडपहरू भइरहेका समय चीनको सीमा नजिकै सक्रिय अर्को विद्रोही समूहले उक्त आक्रमण गरेको बताइएको छ । उक्त समूहले पनि सैनिक विरोधी लडाईमा एनडीएलाई सघाउँदै आएको छ ।

उक्त समूहका प्रवक्ता तथा स्थानीय सञ्चारमाध्यमहरूमा आएका रिपोर्ट अनुसार अगस्त २८ मा सैनिकहरूले म्यानमार राष्ट्रिय डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडीएए) बाट आधार जफत गर्न खोज्दा शान राज्यको मोङकोमा मुठभेड भएको हो ।

“उनी (सैनिक)हरू हाम्रो आधार क्षेत्र कब्जा गर्न आएपछि झडप भएको छ । हाम्रो समूहले उनीहरूलाई पहाडको टुप्पोमा बसी प्रतिकार गर्दा केही सैनिकको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

विद्रोहीले सैनिक अघि बढेपछि आफ्नो आधार इलाकालाई जोगाउन प्रतिकार गरेका छौँ ,” भूमिगत दल एमएनडीएका प्रवक्ताले एएफपीलाई बताए । उनका अनुसार अगस्त २८ मा पन्ध्र जना सैनिक मारिएको र सेप्टेम्बर १ मा पुनः भएको झडपमा थप आठ जना को मृत्यु भएको छ भने उक्त घटनामा उक विद्रोही लडाकूको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

सेनाले अगस्त २८ मा भएको मोङकोमा एमएनडीएएसँगको लडाइँमा एक अधिकारी र अन्य दर्जाका केही कर्मचारी मारिएको पुष्टि गरेको छ भने पछिल्लो घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

म्यानमारमा २० भन्दा बढी जातीय विद्रोही समूहहरू छन् जसमध्ये धेरैले देशको सीमावर्ती क्षेत्रहरूमा इलाका राखेका छन् । स्वायत्तताको विषयमा अस्वस्थ संघर्ष गर्दै आएका उनीहरू मुनाफादायी औषधी उत्पादन तथा प्राकृतिक स्रोतसाधनको नियन्त्रणका लागि एकअर्काबीच वा सरकारी सेना विरुद्ध सङ्घर्ष गर्दै आएका छन् । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार