मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

‘एशियाली मुलुकले सन् २०५० सम्ममा पानीको चरम सङ्कट भोग्नुपर्ने’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः एशियाली मुलुकहरुले आगामी सन् २०५० सम्ममा पानीको चरम सङ्कट भोग्नुपर्ने अवस्था देखिएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताइएको छ ।

फेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) ले आयोजना गरेको ‘एशियाको जलस्रोतको उपयोगमा क्षेत्रीय सहयोग तथा नेपालको दृष्टिकोण’ विषयक छलफल कार्यक्रममा विज्ञहरुले समयमै पानीको जोहो र व्यवस्थापन गर्ने विकल्प नखोजे हाहाकार हुने बताउनुभएको हो ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईले हरेक मुलुकको अवधारणा सम्बन्धित व्यक्ति स्वयंले नै बनाउनुपर्ने बताउँदै इन्धनलगायत सोबाट चल्ने वस्तुको निषेध गरी विद्युतीय सामग्री प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । जलस्रोतविज्ञ रतन भण्डारीले विश्वको दुई तिहाइभन्दा बढी भाग पानीले ढाकेको भए पनि ९७ प्रतिशत नुनिलो र बाँकी तीन प्रतिशतमा केवल दुई प्रतिशत हिउँ र हिमनदीका रूपमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारतबाट बाढी नियन्त्रण र सिँचाइमा प्रयोग गरेको पानीको मूल्य लिन मुलुकले विगतमा गरेका कोशीका साथै गण्डक र महाकाली सम्झौताको तत्काल पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।”

रुसका लागि पूर्वनेपाली राजदूत हिरण्यलाल श्रेष्ठले अबको तेस्रो विश्वयुद्ध पिउने पानीको हाहाकारमा मच्चिने धारणा राख्दै दक्षिण एशियामा पानीलाई समृद्धिको शताब्दी बनाउन चीनलगायतका मुलुकहरुसँग छलफल गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

पूर्वजलस्रोत मन्त्री तथा विज्ञ दीपक ज्ञवालीले पानीलाई बजारिया स्रोत मात्रै नबनाएर रणनीतिक स्रोत बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको ७० प्रतिशत पानी छिमेकी मुलुक भारत जाने भएकाले त्यसतर्फ विशेष ध्यान दिन जरुरी छ ।” चीनका लागि पूर्वराजदूत टङ्क कार्कीले पुराना तौरतरिका र शैलीबाट मात्रै मुलुक नबन्ने बताउँदै सम्बन्धित व्यक्तिले जलस्रोतका क्षेत्रमा संवेदनशील र जिम्मेवार भएर लाग्नुपर्ने भनाइ राख्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले सरकार राष्ट्रिय गौरवको योजनामा लागिरहेको चर्चा गर्दै मुलुकवासीमा बिजुलीबाट चल्ने वस्तुको प्रयोग बढाउन छलफल भइरहेको जानकारी दिनुभयो । छलफलमा एशियाका छ वटा प्रमुख नदीको उद्गमस्थल चीनको तिब्बत रहेको र विश्वको ४६ प्रतिशत जनसङ्ख्या ती नदीका पानीमा आश्रित रहेको जानकारी दिइयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
२०८३ मंग्सिर १, मंगलबार
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार