असार २४, २०८२ मंगलबार July 8, 2025

उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागीः १४ को मृत्यु दर्जनौ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको तेतोभो शहरस्थित अस्पतालमा आगलागी भएको हो ।

स्थानीय समय अनुसार बुधबार लागेको आगलागी र यसबाट भएको मानवीय क्षतिबारे मेसेडोनियाली अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

अग्निनियन्त्रकले आधा घण्टाभित्रै आगलागी नियन्त्रणमा लिएपनि घटनामा १४ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएकाका थिए । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्री वेन्को फिलिपेले बताए ।

उनले घाइते अवस्थामा उद्धार गरिएका कैयौँ व्यक्ति धुवाँको मुस्लोमा निशासिएर मृत्युवरण गरेको र केहीलाई स्वासप्रश्वासमा समस्या रहेको छ भने करिब एक दर्जन सख्त घाइते अवस्थामा रहेका छन् ।
घटनास्थललाई सुरक्षाकर्मीले घेरेर राखेकोे बताउँदै एक स्थानीयले भने, “सरकारले जानकारी गराएकोभन्दा निकै धेरै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतक तथा घाइतेका आपन्तजनले घटनाको शीघ्र छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार