असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता, तनाब घटाउने बारेमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो ।

दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो ।

व्यापार, जासुस र कोभिडलगायतका विषयबारे दुई देशबीचको तनाब बढ्दो छ । शक्ति सम्पन्न दुई राष्ट्रबीच उत्पादन र त्यसको निर्यातमा प्रतिष्प्रर्धा छ । प्रतिष्प्रर्धालाई द्वन्द्वमा रुपान्तरण हुनबाट जोगाउने बारेमा विषयमा दुई नेताबीच छलफल भएको थियो ।

यसै वर्षको सुरुमा बाइडेन प्रशासन र चिनियाँ प्रतिनिधिबीच भएको एउटा उच्च तहको वार्तामा तनाब देखिएको थियो । दुबै देशका अधिकारीहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाएका थिए । अमेरिकाले अन्य देशलाई चीनमाथि हमला गर्न दुरुत्साहन गरेको चिनियाँ अधिकारीले अमेरिकालाइ आरोप लगाएका थिए । अर्कोतर्फ, अमेरिकाले जासुसी गरेको बेइजिङको आरोप थियो । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार