काठमाडौंः गृह मन्त्रालयले दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहले बारा र तनहुँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको जनाएको छ ।
बारामा कृष्णबहादुर कटवाल तथा तनहुँमा विश्व अर्याललाई पठाइएको छ । एक वर्षको अवधि पुगेको आधारमा ती जिल्लाका सिडिओ हेरफेर भएका हुन् । अर्याल विपद् जोखिम प्राधिकरण तथा कटवाल झुम्का कारागारमा कार्यरत थिए । अन्य जिल्लाका सिडिओ पनि गृहले हेरफेर गर्ने तयारी गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया