काठमाण्डौंः पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन भएको छ ।
चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरूको भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समूह चितवनको निर्विरोध नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा महेश पाण्डे, सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष वस्ताकोटी रहेका छन् ।
सदस्यहरूमा विवेक पोख्रेल, रविना पौडेल, सुरक्षा न्यौपाने, विपिन शर्मा आचार्य, प्रेम प्रसाद सापकोटा, मदन अछामी, निराजन घिमिरे रहेका छन् ।
अध्यक्ष आचार्यले चितवनमा फोटो पत्रकारिताको विट विकास गर्न नयाँ पहल थाल्ने बताएका छन् । उनले आफूहरूले पहिलो बैठक पश्चात ठोस नीतिसहित फोटो पत्रकारिता तालिम समेत जिल्लामा सञ्चालन गर्ने बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया