असार २४, २०८२ मंगलबार July 8, 2025

हैटीका राष्ट्रपतिको हत्यामा मुछिए प्रधानमन्त्री एरियल हेनरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा त्यहाँका प्रधानमन्त्री मुछिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार दुई महिनाअघि भएको राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले  शंकाको सुई  प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएको बताएका हुन्।

प्रमुख अनुसन्धानकर्ताले एकजना न्यायाधीशलाई प्रधानमन्त्री हेनरीलाई राष्ट्रपतिको हत्यामा संलग्न भएको अपराधमा मुद्दा चलाउन चिठी लेखेका छन्। उनले हैटीको अध्यागमन कार्यालयलाई लेखेको पत्रमा प्रधानमन्त्री हेनरीलाई देश छोड्न नदिन भनिएको छ। ७१ वर्षीय न्युरोसर्जन हेनरी राष्ट्रपति मोइसेको हत्या भएको दुई सातापछि हैटीको प्रधानमन्त्री बनेका थिए। उनका समर्थकले मेडिकल क्षेत्रमा प्रतिष्ठा कमाइसकेका उनले राष्ट्रपतिको हत्या र २ हजार बढी मानिसको ज्यान जाने गरी आएको भूकम्पपछि हैटीलाई सम्हालिरहेको बताएका छन्।

अनुसन्धानकर्ताले भने राष्ट्रपतिको हत्याका एकजना अभियुक्तसँग हत्याअघि हेनरीको फोन सम्पर्क भएको देखिएको बताएका छन्। ‘उनलाई मुद्दा चलाउनका लागि  थुप्रै तथ्यहरू छन्,’ प्रमुख अनुसन्धानकर्ता बेड फोर्ड क्लाउडे न्यायाधीशलाई लेखेको पत्रमा उल्लेख छ। प्रधानमन्त्री हेनरीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्। घटना भएको दुई महिना बितिसक्दा पनि मोइसेको हत्या कसले गरेको भन्ने कुरा रहस्यमै छ। अहिलेसम्म अनुसन्धानकर्ताहरूले विदेशीसहित केही दर्जन व्यक्तिलाई हिरासतमा लिएका छन्। प्रधानमन्त्रीकै नाम हत्यामा मुछिएपछि घटना झन् रहस्यमय बनेको छ।

५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि  उनको राजीनामा माग हुँदै आएको थियो। गत फेब्रुअरीमा मोइसेको कार्यकाल सकिइसकेको तर उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै हजारौं मानिसले सडकमा प्रदर्शन गरेका थिए। केही समयअघि मोइसेले नै आफ्नो हत्या प्रयास भएको तर सुरक्षा अधिकारीहरूले त्यसलाई विफल पारेको बताएका थिए।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार