मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

जसपा जोगाउन मन्त्री नै परिचालनः एकै वडाको भेलामा तीन मन्त्री सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जनता समाजवादी पार्टीले आफ्नो संगठन विस्तार अभियानलाई तिव्र बनाएको छ । जसपा फुटेर गए पछि आफ्ना कार्यकर्तालाई एकिकृत गर्ने अभियान सहित अहिले पार्टीले वडा भेलालाई तिव्रता दिएको छ । पार्टी फुटेपछि अहिले संगठनलाई नया रुपमा लैजान वडा भेलालाई तिव्रता दिइएको नेताहरुको भनाई छ ।

पार्टीलाई नया सुदृढिकरण गर्न अहिले कार्यकर्ता मात्र नभई पार्टीका वरिष्ठ नेता र मन्त्रीहरु नै लागेका छन् । आज सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ उदयपुरबाट सुरु गरिएको नगर अन्तर्गतको भेलामा जसपाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने ३ जना मन्त्री नै सहभागी भएका थिए । वडा भेलामा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सहसराम चौधरी, मन्त्री सुमन रायमाझी र मन्त्री पूर्णमती ढेंगा मगर सहभागी रहेको थिए ।

कार्यक्रममा बोल्दै मन्त्री सहसराम यादवले यस क्षेत्रबाट प्रतिनिधित्व गरेका नेता सन्तोष पाण्डेलाई धेरै सम्झाउदा समेत आफ्नो केही नलागेको बताए । उनले पाण्डे सत्ताको लोभमा प्रतिगमनको मतियार बनेको र जनमतको अवहेलना गरेको जनाए । पाण्डेको कारण यस क्षेत्रमा पार्टीले जनताको बिश्वास नगुमाउनको लागी अझ शशक्त भएर लाग्नु पर्ने उनको जिकिर थियो । जनताल जसपालाई बिश्वास गरेको र जसपालाई निर्वाचित गराएकोले त्यो बिश्वास कायम राख्न कार्यकर्तामा आग्रह गरे ।

जसपाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर-९ उदयपुर भेलाले जावेद आलमको अध्यक्षतामा नया ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुमित जयसवाल र दिपेन्द्र कुमार चौधरी, सचिवमा अजय जयसवाल र कोषाध्यक्षमा अहमद अन्सारी चयन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवाको ओझेलमा परेको डिल्पु कुण्ड, पर्यटन प्रवर्द्धनको प्रतीक्षामा
२०८३ मंग्सिर १, मंगलबार
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
२०८३ मंग्सिर १, मंगलबार
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंग्सिर १, मंगलबार
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
२०८३ मंग्सिर १, मंगलबार
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार