असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानमा एक करोड बालबालिकालाई मानवीय सहयोगको आवश्यकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाट समेत धेरै बालबालिकाहरू वञ्चित हुने अवस्था आउन लागेको जनाएको छ ।

उनीहरूका लागि अत्यावश्यक पर्ने सेवा तथा सामग्रीहरू तत्काल उपलब्ध गराउनु पर्ने देखिएको पनि युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ती बालबालिकाहरूलाई विषेश गरेर खाद्यपदार्थ, पिउने पानी र औषधि लगायतको आवश्यकता देखिएको हो ।

समयमै बालबालिकाहरूलाई अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराउन नसकेमा मानवीय क्षति समेत हुनसक्ने युनिसेफका अधिकारीहरूले जनाएका छन् ।
उनीहरूले बालबालिकाहरुमा कुपोषण लगायतका समस्या देखिने खतरा रहेको र कतिपयमा त्यसका लक्षणहरू समेत देखिएको जानकारी दिएका छन् ।बालबालिकाहरुलाई आवश्यक पर्ने सहयोगका लागि ठूलो आर्थिक सहायताको समेत खाँचो परेको युनिसेफले जनाएको छ ।

अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरिएको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन पनि राष्ट्रसङ्घले अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेको छ । कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने विभिन्न देशले प्रतिबद्धता जनाएको भएपनि कार्यान्वयन नभएपछि राष्ट्रसंघले फेरि आग्रह गरेको हो ।

अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठूलो मानवीय सङ्कट आउन लागेकाले सहयोगको आवश्यकता परेको राष्ट्रसङ्घले जनाएको छ । हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अफगानिस्तानमा अहिले बालबालिकासँगै महिलाहरूलाई समेत खाद्य पदार्थ, स्वास्थ्य सामग्रीहरूको अभाव भइरहेको पनि विश्व समुदायलाई जानकारी गराउनु भएको छ ।

गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबान समूहले हातमा लिएपछि अफगानिस्तानमा थप संकट उत्पन्न भएको छ । तालिबानले चलाउने सरकार कट्टरपन्थी हुने भएकाले उनीहरू उदार नहुँदासम्म सहयोग गर्न नसकिने विभिन्न देशहरूको अडान छ । विभिन्न देशहरूले अफगानिस्तानलाई दिने सहयोग रोकेकाले राष्ट्रसंघले सहयोग जुटाउनका लागि पहल गरेको छ।रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार