असार २४, २०८२ मंगलबार July 8, 2025

संयुक्त राष्ट्र प्रमुखद्वारा अफगानिस्तानमा सहयोगको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले अफगानिस्तानको समर्थनमा शङ्घाई सहयोग सङ्गठन (एससीओ)का सदस्यसँग सहयोगको लागि आग्रह गर्नुभएको छ ।

गुटेरेसले एसजीओ शिखर सम्मेलनमा शुक्रबार ताजिकिस्तानमा आयोजित कार्यक्रमा सन्देश पठाउँदै सो आग्रहगर्नु भएको सिन्ह्वाले जनाएको छ । आफ्नो सम्बोधनको क्रममा, संयुक्त राष्ट्रसङ्घका महासचिवले अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो ।

सिन्ह्वाले संयुक्त राष्ट्रसङ्घ प्रमुखलाई उद्धृत गर्दै भनेको छ, संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । हामी अफगानी जनताको समर्थन गर्न को लागि तपाइँ सबैसँग काम गर्न को लागि तत्पर छौँ ।

को हालको स्थिति छिटो र अप्रत्याशित ढङ्गले विकसित हुँदै गएको छ । तर अफगानी जनता चरम गरिबीको उन्मूलन गर्न, रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःयथावतरूपमा सञ्चालन होस् भन्ने चाहान्छन् ।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसङ्घका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् ।

शुक्रवार संयुक्त राष्ट्रसङ्घ शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीले अफगानिस्तानको मानवीय स्थितिलाई असाध्यै निराशाजनकू भन्दै खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापनका निम्ति जोड दिनुभएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार