असार २४, २०८२ मंगलबार July 8, 2025

सूचना प्रविधि विधेयक पारित गर्ने प्रयास दोस्रो पटक पनि असफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सूचना प्रविधि विधेयकमा कांग्रेस सांसदहरुको असहमतिका कारण प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठक दोस्रोपटक स्थगित भएको छ । मंगलबारको बैठकबाट विधेयक पारित गर्ने तयारी थियो । तर, मंगलबार पनि कुरा नमिलेपछि बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

यसअघि ६ असारमा पनि कांग्रेस सांसदहरुको असहमतिका कारण समितिको बैठक स्थगित गरिएको थियो । कांग्रेसले विधेयकमा आफ्नो फरक मतका सम्बन्धमा अडान लिँदै आएको छ । मंगलबार पनि कांग्रेस सांसदहरु अडानमा कायमै रहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । तर, आधा घण्टापछि पनि बैठक बस्न नसकेपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

विधेयकमा कुनै व्यक्तिलाई सामाजिक सञ्जालमा निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

यो प्रावधानमा कांग्रेसले आफ्नो फरक मत राखेको छ । विधेयकको दुरुपयोग गर्न नहुनेसम्बन्धी व्यवस्था भएको दफा ८८ र सामाजिक सञ्जालमा सम्प्रेषण गर्न बन्देज गर्ने विषयसम्बन्धी व्यवस्था भएको दफा ९४ पनि हटाउनुपर्ने कांग्रेसको माग छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार