असार २४, २०८२ मंगलबार July 8, 2025

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । समाजवादी पाटीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवं ससदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन।

बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालयमा बालकुमारीमा बसेको पदाधिकारीको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोही निर्णयलाई समाजवादीले पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

‘संविधान संशोधन गर्न सरकारमा गए पनि त्यो प्रक्रियामा प्रधानमन्त्री ओली बाधक बनेपछि सरकारमा बस्नुको औचित्य नभएको भन्दै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौँ’, अध्यक्ष यादवले भने। उनले अब समाजवादी पार्टी संसदको प्रतिपक्षमा रहेको बताएका छन।

प्रतिपक्षमा रहेर संविधानलाई संशोधन गर्न परिमार्जन गर्न र सुधार गर्न आफूहरु निरन्तर रुपमा लागि पर्ने उनको भनाइ थियो।

समाजवादीबाट सरकारमा सहभागी यादवसहित मोहम्मद इस्तियाक राईले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए।

उनले भने, ‘अंक गणितको हिसाबले उहाँहरुलाई असर नपरे पनि राजनीतिक मूल्य र मान्यताले नेकपा सरकारलाई ठूलो हलचल आइसकेको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार