असार २४, २०८२ मंगलबार July 8, 2025

मोदीद्वारा बाइडेनलाई भारत भ्रमणको निम्तो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गर्नु भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा गर्नु भएको हो । गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उहाँहरुका बीचमा पहिलो पटक भौतिकरुपमा भेटवार्ता भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका बेला उहाँहरुका बीचमा भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिनुभएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उहाँहरुका बीचमा पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धीमुलक भएको मन्त्रालयले जनाएको छ ।

“प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ, त्यसलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिँदै धन्यवाद दिनुभएको छ,” वक्तव्यमा लेखिएको छ । भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले भेटवार्तामा उहाँहरुले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्वन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी गर्नुहुने भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल भएको जनाइएको छ । उहाँहरुबीच रक्षा, व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई थप गर्ने बारेमा पनि छलफल भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे पनि छलफल भएको बताइएको छ ।

बुधवार अमेरिका आउनु भएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ७६औंँ महासभालाई शनिबार सम्वोधन गर्ने भ्रमण तालिका पनि रहेको छ । तीन दिने अमेरिका भ्रमणका क्रममा उहाँले अन्य देशका शिर्ष नेतासँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने अधिकारीले जनाएका छन् रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार