काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ।
बिहीबार बिहान ११ बजेका लागि संघीय संसद सचिवालय सिंहदरबारमा बोलाइएको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो।
बैठकमा राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचकहरु र तिनको प्रवृत्ति लगायतका विषयमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया