असार ९, २०८३ मंगलबार June 23, 2026

छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले दिएको जानकारी अनुसार बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् ।

छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन् । लगत्तै आफन्त र नजिकै रहेको प्रहरी चौकी टोखाका अधिकृतहरु पुगे ।

‘प्रहरी र स्थानीयले केहीबेरमै रड काटेर बालिकालाई ग्राण्डी अस्पताल पुर्‍याएका थिए’, लम्सालले भने, ‘तर, अस्पतालले मृत घोषित गरिदियो ।’

रड काट्दासम्म बालिका जीवितै रहेको स्थानीयवासीको भनाइ छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम गरेपछि पौडेलको अन्त्येष्टि गरिसकिएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विष्णु पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग, देशव्यापी प्रतिरोध गर्ने निर्णय
२०८३ असार ९, मंगलबार
आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद
२०८३ असार ९, मंगलबार
फिफा विश्वकप : अल्जेरियासँग हारेपछि बाहिरियो जोर्डन
२०८३ असार ९, मंगलबार
सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छः महन्थ ठाकुर
२०८३ असार ९, मंगलबार
ममतालाई हटाउँदै टीएमसीमा नयाँ नेतृत्व घोषणा, पार्टी विभाजन गहिरिदैं
२०८३ असार ९, मंगलबार
उपेन्द्र यादवसँगको विवादपछि अशोक राईको नयाँ पार्टी घोषणा
२०८३ असार ९, मंगलबार
रास्वपा महाधिवेशन: बन्दसत्र सुरु
२०८३ असार ९, मंगलबार