मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

‘समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गरिन्छ’- मन्त्री यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफूले पाएको कार्यभारलाई इमानदारितापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जनता समाजवादी पार्टी नेपाल, बोदे बर्साईन नगर समिति तथा नगर व्यापार सङ्घ बोदे बर्साईनद्वारा सप्तरीमा आयोजित कार्यक्रममा मन्त्री यादवले जिल्लाको विकास द्रुत गतिमा अगाडी बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आइपुग्नुभएकी यादवले सप्तरीका अधुरो सडकहरूलाई एक महिनाभित्र पूर्णता दिने बताउनुभयो ।

मन्त्री यादवले कामको जिम्मेवारी लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने बताउनुभयो । सडक निर्माण नगरी अधुरो राख्ने निर्माण कम्पनी तथा ठेकेदारलाई कालोसूचीमा राखिने पनि उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री यादवले जनताहरूको ठूलो बलिदानबाट प्राप्त अधिकारको संरक्षण तथा बाँकी अधिकार सुनिश्चितताका लागि अझै सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार