मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

चार महिना अवरुद्ध बनेको बेसीशहर-चामे सडक पुन : अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अविरल वर्षाको कारण बेंसीसहर–चामे सडक अवरुद्ध बनेको छ । गत  जेठ ३१ गतेपछिको भीषण बाढी पहिरोले क्षतविक्षत बनाएको मनाङतर्फको सडक दसैँअघि मात्र खुलेको थियो  ।

करिब चार महिना अवरुद्ध बनेको सडक खुलेपछि सर्वसाधारणले  केही राहत  महसुस गरेपनि सडक पुन अवरुद्ध बनेको हो । असोज ३१ गतेदेखिको अविरल वर्षापछिको बाढी पहिरोले  सडक पुन अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताउनुभयो  ।

बाढी पहिरोका कारण मनाङतर्फको अधिकांश खण्डमा  बिग्रिएको उहाँले बताउनुभयो ।  बाढी पहिरोले सडक खण्डको अस्थायी पुल र सडकहरू बगाएको  उहाँले जानकारी दिनुभयो ।  केही ठाउँमा मर्स्याङ्दीमा आएको बाढीले सडक कटान समेत गरेको उहाँले बताउनुभयो ।  स्याल्क्यु छहराको अस्थायी काठे पुल र तिमाङखोलाको अस्थायी काठे पुलमा क्षति पुर्‍याएको प्रजिअ आचार्यले बताउनुभयो  । ‘आइतबारदेखि पानी परिरहेको छ । सोमबार साँझसम्म सवारी साधन चलिरहेको थियो । रातीको पानीले अधिकांश ठाउँमा पहिरो खस्यो । सडक अवरुद्ध छ’ उहाँले बताउनुभयो ।  ‘पहिरो खसेको चामे गाउँपालिका क्षेत्रमा स्थानीय समुदायको सहयोगमा पैदल यात्रुलाई आवतजावत गर्न सामान्य बाटो बनाएका छौँ ।

मोटरसाइकलसम्म चल्ने खालको बनाएका छौँ । यसले नागरिकलाई केही राहत मिलेको छ ।’ प्रजिअ आचार्यले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूले मङ्गलवार नै बाढी पहिरोको क्षतिको निरीक्षण गरेको थियो। करिब २५ किलोमिटर पैदल यात्रा गरी अनुगमन गरिएको आचार्यले बताउनुभयो । वर्षा भइरहेकाले तत्काल सडक मर्मत गर्न सम्भव नभएको मनाङ प्रशासनले जनाएको छ । वर्षा भइरहेको समयमा मर्मत कार्य गर्दा झन् जोखिम बढ्न सक्ने भएकाले वर्षा रोकिएपछि मात्र काम थालिने बताइएको छ ।

पानी रोकिएपछि एक दिनमा सडक आउजाउ गर्न मिल्ने गरी मर्मत गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । मौसममा सुधार हुने बित्तिकै धारा पानीबाट तालसम्म एउटा, दानाक्यूदेखि तिमाङसम्म एउटा र भ्राताङबाट चामेसम्म एउटा जेसिबी प्रयोग गरी सडक सफा गर्ने योजना रहेको र एकै दिनमा बाटो सुचारु गरिने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।  वर्षा भइरहेकाले मर्स्याङ्दीको बहाव बढ्दा जोखिम हुन सक्ने हुँदा नासो गाउँपालिका १ ताल क्षेत्रमा जनप्रतिनिधिमार्फत नागरिकलाई सचेत रहन भनिएको छ ।

मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको ठाउँमा पहिरो खसेको जानकारी गराउनुभयो ।माथिल्लो मनाङ जाने सडक समेत तलेखुको माथिल्लो क्षेत्रमा मर्स्याङ्दी नदीले कटान गरेपछि सडकमा क्षति पुर्‍याएको छ । सडक अवरुद्ध बनेपछि दसैँ बिदामा मनाङ घुम्न आउने आन्तरिक पर्यटक तथा विदेशी पर्यटक लाईसमेत असर पारेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार