काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने विषयमा छलफल र निर्णय गर्न बसेको नेपाल बारको बैठक चलिरहेको छ।
बिहान ११ बजे सर्वोच्च परिसरमा रहेको बार एशोसियनको भवनमा सुरु भएको बैठक बेलुका ८ः३० बजेसम्म चलिरहेको छ। सोमबार बसेको बारको बैठकमा प्रधानन्यायाधीश राणा राजीनामा माग्ने विषयमा अधिकांश कार्यसमिति सदस्य सहमित भएका थिए।
सल्लाकार परिषदसँग छलफल गरेर औपचारिक निर्णय लिन अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहानदेखि बैठक राखेका हुन्।
सल्लाहकार परिषदका लगभग सबै सदस्यले बारले राणाको राजीनामा माग्नुपर्ने र नदिए देश व्यापी आन्दोलन चर्काउन सुझाव दिएका छन्।
साँझ ५ बजेसम्म सल्लाहकार परिषदका सदस्यसँग छलफल गरेका बारको कार्यसमिति त्यसपछि राजीनामा माग्ने र आन्दोलनका कार्यक्रमबारे निर्णय लिन बसेको बैठक अहिलेसम्म जारी रहेको महासचिव लीलामणि पौडेलले जानकारी दिए। – देशसञ्चार
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया