असार २४, २०८२ मंगलबार July 8, 2025

विद्युत् प्राधिकरणले अति विपन्नको घरमा निःशुल्क मिटर जोडिदिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ । त्यसका लागि स्थानीय तहतले विपन्न भनि सिफारिस गरेको कागजात चाहिने र ऐलानी जग्गामा घर भए चार किल्ला खुलेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

विपन्न परिवारहरुका लागि १५ पुसदेखि मिटर जडानका लागि आवेदन फाराम खुल्ला गरिने प्राधिकरण भरतपुर केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिएका छन ।
यस्तै, साँस्कृतिक सम्पदा भएका क्षेत्रमा पनि निःशुल्क मिटर जडान गरिने प्राधिकरणको सूचनामा उल्लेख छ । महतोका अनुसार भरतपुर वितरण केन्द्रले गत वर्ष करिब चार सय मिटर निःशुल्क जडान गरिदिएको थियो ।

यसैबीच, वितरण केन्द्रको एकल सेवा विन्दुको उदघाटन सोमवार गरिने भएको छ । प्राधिकरण हेटौंडा डिभिजनका प्रमुख केदारराज सिलवालले सेवा विन्दुको शुभारम्भ गर्ने कार्यक्रम छ । प्राधिकरणमा काम लिएर आउने सेवाग्राहीलाई एकै ठाउँबाट सबै सेवा दिएर सहजता ल्याउने उद्देश्यले एकल सेवा विन्दु सञ्चालन गर्न लागिएको हो ।

एकल सेवा विन्दुमा निवेदन लिने, फारम भर्ने, रकम बुझाउने लगायतका काम गरिन्छ । केन्द्रमा विद्युतको मिटर लिन, महसुल तिर्न, नामसारी गर्न, जलेको वा बिग्रिएको मिटर बनाउन, पोलको माग गर्ने वा पोल सार्नेलगायतका काम लिएर सेवाग्राहीहरु आउने गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार