वैशाख २३, २०८१ आइतबार May 5, 2024

रक्षामन्त्री भेट्न सिंहदरबार पुगिन् चीनिया राजदूत होउ यान्छी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग चीनिया राजदूत होउ यान्छीले  शिष्टाचार भेटवार्ता गरेकी छन् । रक्षा मन्त्रालयमा बुधबार बिहान भएको भेटमा दुईदेशीय आपसी सम्बन्धबारे छलफल भएको रक्षामन्त्रीका स्वकिय सचिव जितेन्द्र ठकुरीले जानकारी दिए ।

करिब ४० मिनेट भएको शिष्टाचार भेटमा  रक्षामन्त्री रिजालले कोभिड-१९ महामारी नियन्त्रणका लागि चीनिया खोप सहयोग गरेको प्रति हार्दिक कृतज्ञता ब्यक्त गरेका छन् ।

चीनले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस् भन्ने हाम्रो अपेक्षा छ,’ रिजालको भनाइ उद्धृत गर्दै ठकुरीले बताए ।’

उक्त भेटवार्तामा राजदूत यान्छीले विगतमा भएको सहयोग निरन्तर रहने बताएकी थिईन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया