मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

थप डेढ करोड डोज खोप नेपाल ल्याउन सम्झौता भइसकेको छ : मन्त्री खतिवडा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्वास्थ्य मन्त्री विरोध खतिवडाले प्रदेश नं. १ को सबैभन्दा ठुलो अस्पतालको रुपमा रहेको कोसी अस्पताललाई स्तर उन्नति गर्दै थप पाँच सय बेडमा विस्तार गर्न लागिएको   बताउनु  भएको छ ।

विराटनगर स्थित कोसी अस्पतालको आज बिहान अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले बेड थप गरेसँगै अस्पतालमा अभाव भएको जनशक्ति तत्काल थप गरिने बताउनुभयो ।  अहिले ३ सय ५० बेड रहेको सो अस्पतालमा बेड थपका लागि सरकारले तत्काल स्वीकृति दिन लागेको  उहाँको भनाई थियो ।

 मन्त्री खतिवडाले कोसी अस्पतालको विकासमा सरकारले चासो देखाएकै कारण अस्पताल परिसरमा करोडौँको लागतमा भवनहरू निमार्ण भइरहेको बताउनुभयो ।

एक प्रश्नमा उहाँले आगामी चैतसम्म सबै नेपाली जनतालाई कोरोना खोप लगाउने  लक्ष्य रहेको र त्यो लक्ष्य सरकारले पुरा गर्ने बताउनुभयो ।  अहिले खोपको अभाव नभएको भन्नुहुँदै मन्त्री खतिवडाले डेढ करोडभन्दा बढी खोप अहिले पाइप लाइनमा रहेको बताउनुभयो ।

 मन्त्री खतिवडाले अहिलेसम्म १८ वर्ष उमेर माथकालाई खोप लगाएको भन्नुहुँदै अब १२ वर्ष देखी १८ वर्ष उमेर समुहलाई पनि सरकारले खोप लगाउने तयारी गरी रहेको बताउनुभयो । उहाँले अमेरिकाबाट एक करोड  तथा चीनबाट ६० लाख खोप  ल्याउन सम्झौता भइसकेकाले सो खोप चाँडै  नेपाल आउन लागेको बताउनुभयो ।

 मन्त्री खतिवडालाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले  अस्पतालको सेवा प्रभा तथा अस्पतालको अवस्था बारे जानकारी गराउनु भएको थियो । सो अवसरमा डा. दासले दैनिक एक हजार भन्दा बढी बिरामी आउने कोसी अस्पतालमा  तत्काल जनशक्ति थप गर्न मन्त्री खतिवडालाई आग्रह गर्नु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार