काठमाण्डौंः सरकारले तीन मित्र राष्ट्रहरू भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदूत सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की जानकारी दिए।
शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत थिए भने खत्री परराष्ट्र मामिलाका विज्ञ हुन् । त्यस्तै आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि थिए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलाका सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया