मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश राणाको राजीनामा माग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा माग गरेको छ ।

समाजका सभापति गोविन्द खनालले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाले तुरुन्त राजिनामा दिनुपर्ने माग गर्नुभएकाे हाे । प्रधानन्यायाधीश राणा नैतिक रुपमा च्युत भइसकेको पनि उहाँले बताउनु भएको छ ।

न्यायाधीश जबराको राजीनामा नदिने अडानले न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको समाजकाे ठहर छ ।

जारी विज्ञप्तिमा भनिएको छ- ‘एकातिर न्यायिक क्षेत्रका जिम्मेवार व्यक्ति एवं निकायसहित न्यायालयको निष्पक्षताप्रति गम्भीर चासो व्यक्त गर्ने अधिकांशले प्रधान न्यायाधीशको राजिनामाको माग गरेको, अर्कोतिर प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको छ ।’

अराजकता लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुन सक्ने समाजले बताएकाे छ । ‘यो असामान्य अवस्थालाई सामान्यिकरण गर्ने प्रमुख दायित्व प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको भएको हुँदा प्रधान न्यायाधीश राणाले शीघ्र राजीनामा दिइ निकास दिन मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

राजनीतिकरण, विचौलियाको विगविगिले न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको सभापति खनालले बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार