मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन् ।

सोमबार दिउँसो प्रदेशसभा बैठकमा प्रदेश प्रमुख समक्ष नेकपा एमाले सबैभन्दा ठूलो रहे पनि एकल बहुमतको अवस्था नरहेकाले राजीनामा बुझाएका छन् ।

दुई महिनाको अवधिमा मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका आचार्य भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी अघि शेरधन राई मुख्यमन्त्री थिए ।

तर, एमालेबाट माधव नेपाल समूह छुट्टिएर गएसँगै उनी अल्पमतमा परेका थिए । एमालेका १० सांसदले नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

त्यसपछि अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । तर, उनले राजीनामा दिएपछि प्रस्ताव मतदान नभई गठबन्धनको सरकार बन्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु
२०८३ मंग्सिर १, मंगलबार
एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ मंग्सिर १, मंगलबार
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि, तीन लाख नेता–कार्यकर्ता परिचालन गरिने
२०८३ मंग्सिर १, मंगलबार
सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव
२०८३ मंग्सिर १, मंगलबार
मासु बिक्री गर्न छाप अनिवार्य
२०८३ मंग्सिर १, मंगलबार
नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
२०८३ मंग्सिर १, मंगलबार
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन
२०८३ मंग्सिर १, मंगलबार