असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,पौडेल पक्षले बहिष्कार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति आज बस्दै छ । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न अपराह्न बैठक बोलाइएको हो । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बहिष्कार गर्दै आएपछि केन्द्रीय समितिको बैठक पटक–पटक सर्दै आएको छ ।

यस अघिको बैठकमा संस्थापन पक्षले बहुमतको आधारमा महाधिवेशनको मिति र विभागहरु गठन गरेको भन्दै पौडेल पक्ष क्रुद्ध बनेको छ ।

पौडेल पक्षले आफुहरुसँग कुनै सल्लाह नै नगरि महाधिवेशनको मिति तोकेको भन्दै नसच्याएसम्म केन्द्रीय समिति बैठकमा नजाने अडान लिएको छ ।

हिजो मात्रै सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा पौडेल पक्ष अनुपस्थित रह्यो । पौडेल पक्षले आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने जनाएको छ ।

विभाग गठन, महाधिवेशनको मिति, नेविसंघ र तरुण दलको विवाद समाधान गर्न दुबै पक्षले वार्ता टोली नै बनाएर छलफल गरेपनि सहमति जुट्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार