असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेसबाट राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा पठाउने नामको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ।

बिहीबार पार्टी केन्द्रीय मुख्यालय सानेपामा राष्ट्रियसभामा पठाउने उम्मेदवार चयन गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरेका थिए। पौडेल पक्ष नआएपछि सभापति देउवाले उम्मेदवार चयन गर्ने अधिकार पदाधिकारीलाई दिने निर्णय गराएको देउवा पक्षीय केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिएका छन।

राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ।

पौडेल समूहको आग्रहमा उम्मेदवार चयनबारे निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिइएको रिजालले बताएका छन।

निर्णय गर्नुअघि उपसभापति विमलेन्द्र निधिले पौडेल समूहका केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालसँग भेट गरेका थिए। ‘उम्मेदवार चयन गर्न डाकिएको बैठकमा आउँदैनौं, सल्लाह र परामर्श गरेर मात्रै उम्मेदवार चयन गर्नुहोला’ भन्ने सन्देश पठाउनुभएको रहेछ’, निधिलाई मिनेन्द्र रिजालले पठाएको सन्देश देउवालाई सुनाएकोबारे जानकारी दिँदै रिजालले भने।

यसअघि पुस ११ गते पौडेल समूहको बहिष्कारबीच सभापति देउवाले १४ औं महाधिवेशनको मिति तोक्नुको साथै पार्टी विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने, तरुण दलको म्याद ६ महिना थप गर्ने लगायतका निर्णय गरेका थिए। पौडेल पक्षले भने सो निर्णय एकलौटी भएको भन्दै पुस १२ गते पत्रकार सम्मेलन गर्दै निर्णय खारेज गर्न माग गरेका थिए।

देउवाले बोलाएको बैठक बहिष्कार गरेर पौडेल समूहको भेला भने महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसिरहेको सो समूहका एक नेताले जानकारी दिएका छन।

सभापति देउवाले एकलौटी ढंगले पेल्दै गएको ठहर गर्दै पौडेल समूह देउवासँग असन्तुष्ट रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार