असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस संस्थापनइतरले जिल्ला सभापतिलाई बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कांग्रेस नेतृत्वलाई दबाब दिने रणनीति तय गर्न संस्थापनइतर समूहले सोमबार जिल्ला सभापतिहरुको भेला आयोजना गरेको छ । भेला बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ ।

कांग्रेस केन्द्रीय समितिको ११ पुसको बैठकले बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या दोब्बर बनाउनेलगायतका निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेर छलफल गर्न लागेको हो ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीमा भइरहेको पछिल्लो अवस्थाबारे जानकारी गराउन र अब कसरी अगाडि बढ्ने भनेर सुझाव लिन जिल्ला सभापतिहरुसँग छलफल गर्न लागिएको बताएका छन । ‘पार्टीलाई कसरी सशक्त बनाउने भनेर परामर्श गर्छौं,’ उनले भने ।

११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् । नेतृत्वसँग कुरा नमिलेपछि संस्थापनइतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो ।

सहमतिको प्रयासमा संस्थापन र पौडेल पक्षबीच पटक–पटक वार्ता भए पनि नेताहरु निष्कर्षमा पुग्न सकेका छैनन् । विवाद साम्य नभएपछि युवा नेताहरुले देउवा र पौडेल पक्षलाई छुट्टाछुट्टै भेटेर समस्या सुल्झाउन दबाबसमेत दिएका थिए ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जिल्ला सभापतिहरुसाग ‘परामर्श भेला’ गर्न लागिएको र भेलाको सुझावका आधारमा अगाडि बढ्ने बताए । ‘पार्टी महाधिवेशनको सुनिश्चितता, विश्वसनीयता, सबैको सहभागीता र सहमतिबाट पार्टीलाई कसरी चलाउने भन्ने कुरा मुख्य हो,’ जोशीले भने, ‘हामी जिल्ला सभापतिहरूसँगको परामर्शअनुसार अगाडि बढ्छौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार