काठमाण्डौः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव राख्नुभएको थियो । उहाँले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । मुख्यमन्त्री शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि विश्वासको मत दिएको छ ।
कर्णाली प्रदेश सभामा राप्रपाका १ जना प्रदेशसभा सदस्य छन् । बैठकमा भने प्रमुख प्रतिपक्ष दल एमाले अनुपस्थित रह्यो । महाधिवेशनका कारण एमाले सांसदहरु बाहिर रहनुभएकाले अनुपस्थित हुनुभएको बताइएको छ । त्यसैले मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा शुन्य मत परेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया