श्रावण ४, २०८२ आइतबार July 20, 2025

विदेश जाने विद्यार्थीले अब नागरिक एपबाटै एनओसी लिन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अध्ययनका लागि विदेश जाने विद्यार्थीले अब नागरिक एपबाटै अध्ययन स्वीकृति ‘एनओसी’ लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा नागरिक एपले यसको तयारी गरिरहेको उल्लेख छ ।

यसका लागि आवश्यक प्राविधिक तयारी सम्पन्न भइसकेको नागरिक एप स्रोतले बताएको छ । स्रोतका अनुसार यो फिचर चाँडै नागरिक एपमा उपलब्ध हुनेछ । त्यो सँगै एनओसीका लागि विद्यार्थीहरूले नागरिक एपबाट सहजै आवेदन दिन सक्नेछन् ।

हुन त एनओसीका लागि शिक्षा मन्त्रालयले यसअघि नै अनलाइनबाटै आवेदन दिन सक्ने सुविधा उपलब्ध गराइ सकेको छ । नागरिक एप स्रोतका अनुसार शिक्षा मन्त्रालयले उपलब्ध गराएको अनलाइन सेवाको तुलनामा नागरिक एपबाट आवेदन दिन भने निकै सहज हुनेछ ।

किन भने विदेशमा पढ्न जानको लागि एनओसी लिँदा विद्यार्थीहरूले नागरिकताको प्रमाणपत्रको सक्कल तथा एक प्रति प्रमाणित प्रतिलिपि, जुन तहको अध्ययन गर्न जाने हो सोभन्दा एक तह मुनिको ट्रान्सक्रिप्ट वा उत्तीर्ण प्रमाणपत्र लगायतका कागजात बुझाउनु पर्ने हुन्छ ।

यी सम्पूर्ण कागजात यसअघि नै नागरिक एपमा उपलब्ध हुने हुँदा एनओसीको लागि आवेदन दिन थप कागजात उपलब्ध गराइ राख्नुपर्ने झन्झट नहुने उल्लेख गरिएको छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार