असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदेश २ को प्रदेशसभा पुस २८ गतेसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बिहीबार बोलाएको बैठक बस्दै नबसी स्थगित भएको छ छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिएका छन ।

यादवका अनुसार अब बैठक पुस २८ गते मंगलबार दिउँसो १ बजे निर्धारण गरिएको छ । यसअघि पुस १७ गते तोकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो ।
त्यसअघि पुस १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्व गरेका थिए ।

गत आर्थिक बर्ष २०७५/७६ मा संचालन गरिएका योजनाहरुको भुक्तानी पाउनुपर्ने माग राख्दै सांसदहरुले लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।

गत बर्ष सञ्चालन गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हालसम्म हुन सकेको छैन । सांसदहरुले भुक्तानी नपाएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको नामांकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ ।

गत भदौ ५ गते दलहरुले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव संसदमा दर्ता गराए पनि त्यस उपर छलफल हुन सकेको छैन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले जानकी र कांग्रेसले मिथिला–भोजपुरा राख्नुपर्ने प्रस्ताव पेश गरेको छ । यद्यपी यस बिषयमा छलफल अगाडि बढ्न सकेको छैन । प्रदेशसभामा एक दर्जन भन्दा बढी विधेयकहरु पेश भए पनि छलफल अगाडि बढ्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

राजनीतिक सहमतिको प्रयास

कर्मचारीले गत बर्ष सञ्चालन गरिएका योजनाको भुक्तानी दिन नमिल्ने बताएपछि यसमा राजनीतिक सहमति थालिएको हो ।

प्रदेश सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले यसको निकास चाँडै खोजिने बताएका छन । ‘राजनीतिक सहमति गरेर समस्या समाधानतर्फ लागेका छौं’ उनले भने, ‘आगामी बैठकसम्म यो समस्या समाधान हुनेमा विश्वस्त छौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार