असार २४, २०८२ मंगलबार July 8, 2025

हेटौंडाको पक्षमा नेकपा सांसदलाई ह्वीप लाग्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने केन्द्रीय सचिवालयका निर्णय कार्यन्वयन गर्न नेकपा प्रदेशसभा दलले शुक्रबार आफ्ना सांसदलाई ह्वीप लगाउने भएको छ । असन्तुष्ट सांसदहरुले ‘फ्लोर क्रस’ गर्ने चेतावनी दिएपछि ह्वीप लगाउने तयारी भएको हो ।

बिहीबार हेटौंडामा प्रदेशसभा संसदीय दलको बैठकमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका नेताले मंगलवार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबारे जानकारी गराएका थिए । अब पार्टी निर्णय कार्यान्वयनमा जानुको विकल्प नरहेको आशय नेताहरुले व्यक्त गरेको प्रदेशसभाका एक सदस्यले बताएका छन ।

उनले भने ‘हामी त फ्लोर क्रस गरेर भने पनि जाउँ भन्नेमा हो । तर अष्टलक्ष्मी, राजेन्द्र पाण्डे, पशुपति चौलागाईहरुलेनै खुट्टा टेकेनन् भने हाम्रो राजनीति सिध्याउन सक्दैनौं । संगठित ढंगले उभिदा पार्टीले सामुहिक कारवाही गर्न सक्दैन भन्ने हो । तर नेताहरुले लत्तो छाडिसके, भोलि ह्वीप जारी गरेर हेटौंडा राजधानी गराउँछन् ।’

प्रदेशसभा संसदीय दलको बैठक शुक्रबार ११ बजे बोलाइएको र त्यही बैठकले सर्वसम्मत निर्णय गर्ने मुख्य सचेतक रामेश्वर फुयाँलले बताएका छन । उनले नेकपामात्र होइन विपक्षी कांग्रेस, राप्रपा, विवेकशीललगायतका दलसँग पनि छलफल गरेर सर्वसम्मतले नाम र राजधानी तोकिने बताएका छन ।

बिहीबारको बैठकमा प्रदेश मन्त्रीहरु अरुण नेपाल,शालिकराम जमरकट्टेल, युवराज दुलालले पनि पार्टी केन्द्रको निर्णयप्रति आफूहरुलाई पनि मन नपरेको तर निर्णय मान्नुको विकल्प पनि नरहेको बताएका थिए । पार्टी निर्णयको बारेमा अर्थमन्त्री कैलाश ढुंगेल भने बोलेका छैनन् ।

नेकपा स्रोतका अनुसार प्रदेश राजधानीका सन्दर्भमा नेकपाभित्र मुलतः तीन धार देखिएको छ । केपी ओली पक्ष पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने पक्षमा केही सांसदबाहेक एकढिक्का छ । माधव नेपाल पक्ष भने भेगीय हिसाबले विभाजित छ । मुनु सिग्देललगायत मकवानपुर र चितवनका नेपाल पक्षधर सांसद हेटौंडाको पक्षमा छन् ।

माधव नेपाल पक्षका अरु सबै प्रदेशसभा सदस्यहरु पार्टी केन्द्रको निर्णयको विपक्षमा छन् । उनीहरुले पार्टी निर्णय असफल पार्नेबारे छलफल पनि गरेको स्रोतले जनाएको छ । तर पूर्वमाओवादी पक्षका सांसदले साथ नदिदा बहुमत नपुग्ने भएपछि नेताहरु हच्किएका छन् । पूर्वमाओवादीका सांसद राजधानी भन्दा पनि नाममा असहमत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार