मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अवकाश प्राप्त कर्मचारीको पेन्सनमा १५ प्रतिशत कर लगाउने पूर्ववर्ति सरकारको निर्णय सर्वोच्चद्धारा खारेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अवकाश प्राप्त कर्मचारीले प्राप्त गर्ने पेन्सनमा समेत कर लगाउने पूर्ववर्ति सरकारले निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइीदएको छ । सर्वोच्चका न्यायधीशद्धय इश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलाशले यस अघि पूर्ववर्ति सरकारका अर्थमन्त्रीको निर्णयलाई रोक लगाइदिएको हो ।

कर्मचारीले पेट काटेर, आफ्ना भविष्यका लागि अवकाश पछि केही वचत होस भनेर जोगाएको रकममा समेत पूर्व अर्थमन्त्री खतिवडाको वक्रदृष्ट्रि परेको थियो । यस अघि ५ प्रतिशत कर लाग्दै आएकोमा कर बढाएर १५ प्रतिशत बनाइएको थियो ।

तीन बर्ष अघि युवराज खतिवडा अर्थमन्त्रीमा बहाल हुँदा अवकाश हुँदा पाएको रकममा समेत १५ प्रतिशत कर लगाउने निर्णय भएको थियो । पूर्व अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीले अवकाश पछि पाउने रकमा १५ प्रतिशत रकम कर लगाउने निर्णयलाई मंगलबार सर्वोच्चका न्यायधीशद्धय खतिवडा र सुवेदीको संयुक्त इजलाशले १५ प्रतिशत कर लगाउन नपाउने फैसला गरेको हो ।

त्यसअघि कर्मचारीको अवकाश भुक्तानीमा ५ प्रतिशतमात्र कर लाग्दै आएकोमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले १० प्रतिशत बढाएर १५ प्रतिशत कर पुर्याएका थिए । निर्णयलाई अदालतले खारेज गरिदिएको हो ।

अर्थमन्त्री खतिवडाको यो निर्णयका विरुद्ध ७५ साल मंसिर १९ गते वेदबहादुर लावती रामवृक्ष मण्डल, बिमकुमार भट्टराई र जिवछप्रसाद यादवसहतिका ४ जनाले फरक फरक रिट दायर गरेका थिए । ती फरक फरक रिटलाई एकै ठाउँमा राखि मंगलबार भएको सुनुवाइमा न्यायधीशद्धय खतिवडा र सुवेदीको संयुक्त इजलाशले पेन्सनमा १५ प्रतिशत कर लगाउन नपाउने फैसला गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार