बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

१ उपमेयर र ६ वडाध्यक्षलाई समाजवादीले सोध्यो स्पष्टीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टीको सम्पर्कमा नरहेको र पार्टी हितविपरीत काम गर्न थालेको भन्दै समाजवादी पार्टीले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयरसहित ६ वडाध्यक्षलाई स्पष्टीकरण सोधेको छ ।

समाजवादी पार्टी रूपन्देहीको पदाधिकारी वैठकको निर्णय अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर जानकीदेवी श्रीवास्तव, वडा नंं.३ का अध्यक्ष एकरामुद्दिन नाउ, वडा नंं. ६ का अध्यक्ष नैमुल्लाह मुसलमान, वडा नंं.११ का वडा अध्यक्ष एकराम मुसलमान र नगर कार्यपालिका सदस्य अलरखा मुसलमानलाई स्पष्टीकरण सोधिएको समाजवादी पार्टीले जनाएको छ ।

यस्तै कोटहीमाई गाउपालिका वडा नं ४ का वडा अध्यक्ष ओमप्रसाद पाण्डे, मर्चवारी गाउँपालिका वडा नं ३ का अध्यक्ष नारायणबहादुर यादव, गैडहवा गाउंपालिका वडा नंं २ का अध्यक्ष तुलबहादुर राना र जिल्ला समन्वय समिति रूपन्देहीका सदस्य छोटु हरिजनलाई पनि समाजवादीले स्पष्टीकरण सोधेको छ ।

उनीहरूलाई पुस २८ गतेसम्म लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको र चित्तबुझ्दो जवाफसहित पार्टीमा सक्रिय रहने प्रतिबद्धता नआए पार्टीबाट निष्कासन गरिने समाजवादी पार्टी रूपन्देहीका अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन ।

स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित उपमेयरसहित वडा अध्यक्षहरू पछिल्लो समय नेपाली कांग्रेससँग नजिक भएपछि समाजवादीले कारबाही प्रक्रिया थालेको हो । गत स्थानीय तह निर्वाचनमा फखरुद्दिन खानसमेत फोरमबाट चुनाव लडेका थिए । स्थानीय चुनावमा पराजित उनी पछि कांग्रेस प्रवेश गरेर प्रदेशसभा सदस्य बनेका थिए । खानकै पहलमा उपमेयर र वडाअध्यक्षहरू कांग्रेसको पक्षमा लागेका हुन् ।

रूपन्देहीको स्थानीय तहमा समाजवादी पार्टी दोस्रो ठूलो दल हो । पार्टी जिल्ला अध्यक्ष यादवले स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरूले पार्टी छाडेको अवस्थामा पनि समाजवादीको दोस्रो स्थानमा फरक नपर्ने बताएका छन । निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीले निष्कासन गरेमा उनीहरूको पद स्वतः खारेज हुने कानुनी व्यवस्था हालै मात्र आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार