असार २४, २०८२ मंगलबार July 8, 2025

१ उपमेयर र ६ वडाध्यक्षलाई समाजवादीले सोध्यो स्पष्टीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टीको सम्पर्कमा नरहेको र पार्टी हितविपरीत काम गर्न थालेको भन्दै समाजवादी पार्टीले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयरसहित ६ वडाध्यक्षलाई स्पष्टीकरण सोधेको छ ।

समाजवादी पार्टी रूपन्देहीको पदाधिकारी वैठकको निर्णय अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर जानकीदेवी श्रीवास्तव, वडा नंं.३ का अध्यक्ष एकरामुद्दिन नाउ, वडा नंं. ६ का अध्यक्ष नैमुल्लाह मुसलमान, वडा नंं.११ का वडा अध्यक्ष एकराम मुसलमान र नगर कार्यपालिका सदस्य अलरखा मुसलमानलाई स्पष्टीकरण सोधिएको समाजवादी पार्टीले जनाएको छ ।

यस्तै कोटहीमाई गाउपालिका वडा नं ४ का वडा अध्यक्ष ओमप्रसाद पाण्डे, मर्चवारी गाउँपालिका वडा नं ३ का अध्यक्ष नारायणबहादुर यादव, गैडहवा गाउंपालिका वडा नंं २ का अध्यक्ष तुलबहादुर राना र जिल्ला समन्वय समिति रूपन्देहीका सदस्य छोटु हरिजनलाई पनि समाजवादीले स्पष्टीकरण सोधेको छ ।

उनीहरूलाई पुस २८ गतेसम्म लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको र चित्तबुझ्दो जवाफसहित पार्टीमा सक्रिय रहने प्रतिबद्धता नआए पार्टीबाट निष्कासन गरिने समाजवादी पार्टी रूपन्देहीका अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन ।

स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित उपमेयरसहित वडा अध्यक्षहरू पछिल्लो समय नेपाली कांग्रेससँग नजिक भएपछि समाजवादीले कारबाही प्रक्रिया थालेको हो । गत स्थानीय तह निर्वाचनमा फखरुद्दिन खानसमेत फोरमबाट चुनाव लडेका थिए । स्थानीय चुनावमा पराजित उनी पछि कांग्रेस प्रवेश गरेर प्रदेशसभा सदस्य बनेका थिए । खानकै पहलमा उपमेयर र वडाअध्यक्षहरू कांग्रेसको पक्षमा लागेका हुन् ।

रूपन्देहीको स्थानीय तहमा समाजवादी पार्टी दोस्रो ठूलो दल हो । पार्टी जिल्ला अध्यक्ष यादवले स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरूले पार्टी छाडेको अवस्थामा पनि समाजवादीको दोस्रो स्थानमा फरक नपर्ने बताएका छन । निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीले निष्कासन गरेमा उनीहरूको पद स्वतः खारेज हुने कानुनी व्यवस्था हालै मात्र आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार