काठमाडौं । नेकपाको प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा राख्ने निर्णय गरेको छ।
शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार औपचारिक निर्णय गरेको जानकारी सांसद दीपक निरौलाले दिएका छन।
प्रदेशसभामा यससम्बन्धी मतदान हुनुभन्दा अघि सांसदहरुलाई यससम्बन्धमा ह्विप जारी गरिने निरौलाले बताएका छन।
‘संसदीय दलको निर्णयअनुसार मतदानमा सहभागी हुने निर्णय गरेको छ,’ उनले भने, ‘यो प्रस्तावको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गर्छ।’
असन्तुष्ट सांसदहरुले यस विषयमा नोट अफ डिसेन्ट लेख्ने तर पार्टी निर्णय स्वीकार्ने भएका छन्।
‘साहसपूर्ण असहमतिका बाबजूद पार्टीले निर्णय ग¥यो। यसमा हामीले असहमति दर्ज गर्दैछौँ,’ दोलखाका सांसद विशाल खड्काले भने, ‘अदूरदर्शी र अवैज्ञानिक निर्णयप्रति असहमति दर्ता गरेर पार्टी निर्णय स्वीकार्छौँ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया