वैशाख २२, २०८१ शनिबार May 4, 2024

शिक्षकको हत्या आरोपमा एक जनालाई जन्मकैदको सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इलामको माई नगरपालिका–१ का शिक्षक पुष्पलाल राईको हत्या अभियोग लागेका सोही ठाउँका पदमबहादुर राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । ज्वाइँ जेठान सम्बन्ध पर्ने ४६ वर्षका पदमबहादुर राईले व्यक्तिगत रिसिबीका कारण जेठान ४६ वर्षीय पुष्पलालको हत्या गरेका थिए ।

मादक पदार्थ सेवन गरेका सम्बन्धले ज्वाइँ पर्ने पदमबहादुरले जेठान पुष्पलालकै घरमा गएर पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेर राति अर्कैको घरमा गएर बसेका थिए ।

२९ असोज २०७७ मा अम्लिसे भन्ज्याङ आधारभूत विद्यालय कार्यरत शिक्षक पुष्पलालको घरैमा शव भेटिएको थियो । भोलिपल्ट बिहान मृत भेट्टिएका पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट ‘लैला’ नामको कुकुर झिकाएको थियो । अनुसन्धानको लागि तालिम प्राप्त कुकुरको संकेतको आधारमा प्रहरीले पदमबहादुरलाई तत्काल पक्राउ गरेको थियो ।

अनुसन्धान पुरा भएपछि प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोजन दर्ता गरेको थियो । जिल्ला अदालतले अभियोगी राईलाई जन्मकैद सँगै पीडितका नाममा ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ समेत जम्मा गर्ने गरी फैसला सुनाइएको जिल्ला अदालत इलामका श्रेस्तेदार फडिन्द्र भट्टराईले जानकारी दिए । -न्यूज कारखाना

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार