मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतगणना सुरु, तीन घण्टामा परिणाम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनका लागि मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहभित्र तीन ठाउँमा मंगलबार राति ११ बजेर १५ मिनेटमा गणना सुरु भएको हो ।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवार ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दिउँसो साढे ३ बाट मतदान भएको थियो । मतदान राति साढे ९ बजेसम्म चलेको थियो । मतदान सकिएको साढे २ घण्टापछि गणना सुरु भएको हो ।

केन्द्रीय निर्वाचन समितिले मतगणना सकिन कम्तीमा तीन घण्टा लाग्ने जनाएको छ । यस हिसाबले बिहान साढे २ बजे अन्तिम मतपरिणाम आइसक्नेछ ।

दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइराला सभापतिको प्रतिस्पर्धामा छन् । देउवालाई पहिलो चरणमा तेस्रो भएका प्रकाशमान सिंह, चौथो भएका विमलेन्द्र निधि र पाचौं भएका कल्याण गुरुङले समर्थन गरेका छन् ।

शेखर भने एक्लै लडिरहेका छन् । पहिलो चरणमा देउवाले २२५८ र शेखरले १७२९ मत प्राप्त गरेका थिए । देउवालाई ५० प्रतिशत कटाउन ८२ मत कम परेको थियो ।

सभापतिपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतदान भने पर्सी बिहीबारदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुने निर्वाचन समितिले जनाएको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार