असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदेश ३ को राजधानी धुलिखेल बनाउन साझा पार्टीको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौंडा । साझा पार्टीले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेको छ । उसले आफ्नो प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको छ ।

प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रस्तावक रमेश पौडेलले बताएका छन ।

सांसद रमेश पौडेलको यो प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थक छन् । प्रदेश ३ साझा पार्टीका तीन सांसद छन् ।

बहुमत सदस्य रहेको नेकपाले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गर्दै सबै दलको समर्थन जुटाउन प्रयास गरिरहेको छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ ।

संसदमा प्रतिनिधित्व गरेका नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले भने राजधानी हेटौंडा र नाम वागमतीमा सहमती जनाएर प्रस्ताव दर्ता गर्दै छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार