असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न ६ दलको संयुक्त प्रस्ताव दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने ६ दलले संयुक्त प्रस्ताव दर्ता गरेका छन्।

शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित राप्रपा, राप्रपा संयुक्तलगायतका ६ दलले प्रदेशको नाम र राजधानीबारे संयुक्त प्रस्ताव प्रदेशसभामा दर्ता गरेका हुन्।

प्रदेशको स्थायी राजधानी हेटौँडा राख्नजुपर्ने प्रस्तावको प्रस्तावमा प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेल रहेका छन् भने यसको समर्थकमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ रहेका छन्।

प्रदेशको नाम बागमती राख्नुपर्ने प्रस्ताव कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गरेका छन् भने उनको प्रस्तावमा नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी रीता माझी, राप्रपा (संयुक्त) रीना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्यले समर्थक रहेका छन्। छन्।

यसअघि प्रदेशसभा सदस्यहरुले गौरीशंकर, नेवा–ताम्सालिङ, नेपाल मण्डल, पशुपतिलगायत नाम दर्ता गराएका थिए।

प्रदेशको नाम र राजधानीबारे आजै दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने बताइएको छ। मतदान भने आइतबार हुने छ।

प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउनुपर्ने संवैधानिक प्रावधान छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार