असार २६, २०८२ बिहिबार July 10, 2025

प्रधानमन्त्री महिला कप क्रिकेट : एपिएफ सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टिम एपिएफले सुदूरपश्चिमलाई ८९ रनले पराजित गरेको छ । आजको लगातार दोस्रो जितसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । समूह ‘बी’ मा समावेश टोलीबीच भएका दुई खेलमा जित हात पार्दै एपिएफ चार अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

सुदूरपश्चिमलाई सेमिफाइनल पुग्नका लागि प्रदेश नं २ लाई पराजित गर्नुपर्नेछ । आजै भएको दोस्रो खेलमा प्रदेश नं २ ले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई भने कायम राखेको छ । समान दुई खेल खेलेका सुदूरपश्चिम र प्रदेश नं २ को एक खेलमा जित र एक खेलमा हार बेहोर्दै दुई अङ्क रहेको छ । रन रेटमा भने सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहँदा प्रदेश नं २ तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको गण्डकी प्रदेश दुई खेलमा जितविहीन हुँदै अङ्कविहीन भएर पुछारमा रहेको छ ।

धनगढीको फाप्ला मैदानमा आज भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा छ विकेट क्षतिमा १२८ रन बनायो । एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमति ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे ।

सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए । एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन् । एपिएफका लागि करुणा भण्डारीले चार विकेट लिइन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान एक एक विकेट लिए । खेलमा चार विकेट लिएकी एपिएफकी करुणा भण्डारी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

पहिलो खेलमा एपिएफसँग हार बेहोरेको प्रदेश नं २ ले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेको हो । लगातार दुई हारसँगै गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिन पुगेको छ । पहिले ब्याटिङ गर्दै गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो । सत्र दशमलव एक ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दुई अङ्कको रन बनाउन सकेनन् ।

गण्डकीले १३ रन अतिरिक्त पाएको थियो । प्रदेश नं २ का लागि सन्तोषी चौधरीले तीन, अनुराधा चौधरीले दुई, रोजी कडारी र सरस्वती चौधरीले समान एक÷एक विकेट लिए । चालीस रनको विजय लक्ष्य प्रदेश नं २ ले तीन विकेट क्षतिमा प्राप्त ग¥यो । दश दशमलव तीन ओभरमा जित हात पार्नका लागि ओपनरद्वय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे ।

गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले एक विकेट लिइन् । खेलमा प्रदेश नं २ की सरस्वती चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । प्रतियोगिताअन्तर्गत बिहीबार लिग चरणका अन्तिम दुई खेल हुने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार