कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षामा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सुरक्षासहित मुलुकको समग्र शान्ति सुव्यवस्थाका विषयमा समीक्षा र विश्लेषण गरिएको छ ।

गृह मन्त्रालयमा आज भएको समिति बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गते १९ सदस्य पदका लागि हुँदैछ । उक्त निर्वाचनका लागि मुलुकका विभिन्न प्रदेशमा आठ मतदान स्थल र १४ मतदान केन्द्र  तोकिएको छ ।

राष्ट्रियसभा निर्वाचन र आउँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने सन्दर्भमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । सुरक्षाका बहुआयामिक पक्षको व्यवस्थापन गर्ने र निर्वाचनको तयारीस्वरूप सुरक्षा प्रबन्ध मिलाउन समितिको बैठक बसेको उहाँले बताउनुभयो ।

बैठकमा रक्षा मन्त्रालय सचिव वेगेन्द्र शर्मा पौड्याल, गृह मन्त्रालयका सचिव पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र गृह प्रवक्ता कोइरालालगायतको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार