जेठ ६, २०८१ आइतबार May 19, 2024

पत्रकार भीष्मराज ओझालाई प्रेस युनियन कार्यवाहक महासचिवको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवको जिम्मेवारी उपमहासचिव भीष्मराज ओझाले सम्हाल्नुभएको छ ।

युनियनको मङ्गलबार बसेको केन्द्रीय सचिवालयकोे बैठकले तत्कालीन महासचिव अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदको जिम्मेवारी उपमहासचिव ओझालाई सुम्पिएको हो ।

कांग्रेसको विधानअनुसार पार्टीको पदाधिकारी एवं सदस्यमा निर्वाचित भएपछि अर्को पद स्वतः खारेज हुने व्यवस्था छ । बैठकले शिवाकोटीलाई हालसम्म महासचिव पदमा रहेर गरेको योगदानका लागि धन्यवाद दिँदै उहाँलाई बधाई तथा शुभकामना प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि युनियनको कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शिवाकोटीले उपमहासचिव ओझालाई माइन्यूटसमेत हस्तान्तरण गर्नुभयो । दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा रहनुभएका उहाँ हाल राष्ट्रिय समचार समिति (रासस)को वरिष्ठ समाचारदाताका रूपमा कार्यरत हुनुहुन्छ । पत्रकारितामा स्नातकोत्तर गर्नुभएका ओझासँग तीन कार्यकालदेखि प्रेस युनियनको पदाधिकारीमा रहेर काम गरेको अनुभव छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार