असार २६, २०८२ बिहिबार July 10, 2025

मोफसलका ६ प्रतियोगिताको तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)ले  आहा रारा गोल्डकपसहित  मोफसलका ६ प्रतियोगितालाई स्वीकृत दिएको छ ।

एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणपछि हुने गरी मोफसलका चर्चित ६ प्रतियोगिताको तालिका सार्वजनिक गरेको न्युज कारखानाको स्रोतलाई प्राप्त भएको छ ।

माघमा दुई र फागुनमा चार गरी ६ प्रतियोगिता हुनेछ । माघ पाँच गतेदेखि १५ गते सम्म पोखरामा आहा रारा गोल्डकप, माघ १६ देखी २६ सम्म मकवानपुरमा सहिद स्मृति  राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ ।

त्यस्तै फागुन १४ देखी २१ सम्म बुटवलमा तिलोत्तमा गोल्डकप र इटहरीमा इटहरी गोल्डकप,  फागुन १९ देखी २९ गते सम्म पोखरा गोल्डकप र फागुन २६ देखी चैत्र पाँच सम्म सिमरा गोल्डकप हुनेछ ।

प्रतियोगिताका लागि १२ टोली सहभागी आठ, १० टोली भए ६ र आठ टोली भए ४ ए डिभिजन टोली हुनुपर्ने एन्फाले जनाएको छ ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया