असार २६, २०८२ बिहिबार July 10, 2025

बेइजिङ ओलम्पिकः तिब्बतीयनमाथि चीनको कडा निगरानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ अधिकारीहरुले तिब्बतीयनमाथिको यात्रा प्रतिबन्ध झन कडा पारेका छन् । क्षेत्रीय राजधानी ल्हासामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । सो क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेर चीनले तिब्बतीयनको  गतिविधि सीमित पार्दै लगेको छ ।

गत सोमबार चीनको सूचना सेवाले ओलम्पिक खेलमा सहभागी हुन जानेलाई निगरानी गरिने जनाएको थियो ।

ल्हासाबाहेक सिगात्से, चामदो, ड्रागो, नग्बा र रेबकोङमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ल्हासामा प्रहरी र सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ ।

त्यहाँ आउने व्यक्तिहरुमाथि कडा निगरानी र सोधपुछ गरिएको छ । प्रहरीले होटेल, रेस्टुरेन्ट र पसलहरुमा पनि खानतलासी गरेको छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया