असार २६, २०८२ बिहिबार July 10, 2025

प्रधानमन्त्री कप छनौट प्रतियोगिताः बैतडीको विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटअन्तर्गत बैतडीले विजयी सुरुआत गरेको छ । आज सम्पन्न छनौटको पहिलो खेलमा डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी सुरुआत गरेको हो ।

बैतडीले दिएको ३४१ रनको विशाल लक्ष्य पन्छाएको डोटी ३२.२ ओभरमा १४१ रनमा समेटियो । डोटीका लागि क्रिस ऐरले ३८, हुदय बिठारीले २८, खगेन्द्र जोशीले २३, आयुश खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे । जगदीश चन्दले २, कप्तान रामचन्द र लोकेन्द्र चन्दले १÷१ विकेट लिए ।

त्यसअघि कभर्ड हल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ३५ ओभरमा ५ विकेटको क्षतिमा ३४० रनमा बनायो । जसमा दीपक बोहराले शतकीय पारी खेल्दै १११ रन जोडे । गजेन्द्र बोहराले ९० र लोकेन्द्र चन्दले ६४ रन बनाए । डोटीका सविन महराले २, भोजराज भट्ट र रिदम बलायरले १÷१ विकेट झारे ।

बैतडीका दीपक बोहरा म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका आठ टोलीको सहभागिता रहेको छ ।

्सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।  नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुँदैछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया